arrow

घाँटी रेटेर ४० वर्षीय यादवको हत्या    

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
Killed.jpeg

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । 
    
 भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । 

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार ९दविया० प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए । 

हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ