arrow

बेलायती तेल ट्यांकर फिर्ता गर्न इरानद्वारा अस्वीकार, कब्जा गरेको भिडियो सार्वजनिक

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ६ सोमबार
biritish_oil_tanker.png

काठमाडौं । इरानले बेलायतले आफ्ना तेल ट्यांकर फिर्ता गर्न गरेको आग्रह अस्वीकार गरेको छ । इरानले कब्जामा लिएको ट्यांकर फिर्ता गर्न बेलायत, अमेरिका र नेटो देशले आग्रह गरेका छन् । तर, इरानले भने सबैको आग्रहलाई वेवास्ता गर्दै आएको छ । 

यसैबीच आइतवार इरानी सेनाले बेलायती ट्यांकर स्टेना इमपेरोलाई कब्जा गर्दाको भिडियो सार्वजनिक गरेको छ । यो भिडियोमा कसरी उक्त जहाज कब्जा गरिएको थियो भन्ने कुरा देखाइएको छ । 

इरानले स्टेना इमपेरोले अन्तर्राष्ट्रिय कानुनको उलंघन गरेको आरोप लगाएको छ । यो घटनापछि अमेरिका र बेलायतले इरानलाई चेतावनी दिएका छन् । नेटोले इरान जलमार्गको स्वतन्त्रता अन्त्य गर्ने दिशामा अघि बढेको बताएका छन् ।

यसैबीच बेलायती विदेशमन्त्री जेरेमी हन्टले ओमानको जलमार्गबाट उक्त जहाज कब्जामा लिइएको बताएका छन् । यसका लागि उनले राष्ट्रसंघमा पत्र पनि लेखेका छन् । इरानी विदेशमन्त्री जावेद जरीफसँगको कुराकानीपछि उनले इरानको व्यवहार निराशाजनक रहेको बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ