arrow

प्रधानमन्त्री स्वरोजगार : चार लाखमा गोरेटो स्तरउन्नती

logo
कौरव खत्री,
प्रकाशित २०७६ साउन ६ सोमबार
goreto.jpg

बाग्लुङ्ग। बाग्लुङ्गको निसीखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।

गाँउपालिकाको वडा नं. ५ मा विनियोजन गरिएको चार लाख रुपैयाँको वजेटले बडावनखोला,मसलगाउँ,सिनखुंखण्डको करिव दुई किलोमिटर गोरेटो बाटोको स्तरउन्नती  गरिएको हो ।

गोरेटो बाटोको स्तरउन्नतीसँगै मसलगाउँ सिनखुं क्षेत्रका करिव ७० घरधुरीका स्थानीयबासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको समाजसेवी हेम सापकोटाले जानकारी दिए ।

विगतमा पहिले भारी बोकेर तलमाथि गर्न तथा गाईबस्तुलाई आवात जावत गराउन निकै गाह्रो रहेकोमा गोरेटो बाटो निर्माण भएपछि स्थानीयबासिन्दाहरुलाई अहिले निकै आवत जावतमा सहजता थपेको छ ।

साथै वडा समितिको निर्णय अनुसार मसलगाउँ क्षेत्रको बाटोको निकै समस्या देखेर केही काम सम्पन्न भएको हुदा वजेटको सिमितताले गर्दा बाँकी सिनखुं सम्मको गोरेटो बाटो पुर्‍याउनका लागि पर्ने निसीखोला गाँउपालिका ५ का वडाअध्यक्ष हर्कमान घर्ति मगरले बताए ।

निर्माण कार्यमा बेरोजगार फर्म भरी नामलिष्टमा नाम प्रकाशित  भएका वडा भित्रका १ सय,१३ जना बेरोजगार युवा युवती मध्येको सहभागितामा उक्त गोरेटो बाटो निर्माण कार्य गरिएको थियो ।

उक्क्त गोरेटो १३ दिन लगाएर निर्माण गरिएको थियो भने उक्क्त कार्यक्रमको संयोजन गापा  ५ का वडा प्रतिनिधि टंक प्रसाद पुन(तेजेन्द्र) ले गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ