arrow

पर्यटकलाई स्वागतस्वरुप तीनपटक तीनपाने खुवाउँदै

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
tinpaney.jpg

बेँसीशहर । समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचारमा रहेको पर्यटकीय बेँसीशहर नगरपालिका– ३ गाउँशहरको काउलेपानी घरवास (होमस्टे) मा आएका पर्यटक ।

बेँसीशहर नगरपालिका– ३ गाउँशहरमा रहेको काउलेपानी घरवास (होमस्टे)मा आएका बाह्य पर्यटकलाई स्वागतस्वरुप तीनपटक लोकल रक्सी खुवाउँदै होमस्टे सञ्चालक महिला ।
लमजुङ्गको होमस्टे अनुकूल, मैत्री र सहज हुनुमा त्यहाँका बासिन्दा खासगरी जनजातिहरू– गुरुङ÷घले, मगर र अन्य जनजातिको साथमा आतिथ्य सत्कार गर्ने स्वभाव कृत्रिम छैन, क्षणिक र बनावटी छैन । पर्यटन प्रवद्र्धन र विकासका लागि नभई नहुने एउटा तìव अतिथि सत्कार हो, त्यो यहाँ बलियो पाइन्छ ।

हुन त हिजोआज कहींँ कतै केही ह्रास आएको (घलेगाउँ) अनुभूति हुन्छ । एक–दुई वर्ष अघिमात्रै सुरू भएका लमजुङ्ग जिल्लाका काउलेपानी, पुरानोकोट, गहते गाउँबस्तीका होमस्टेहरूमा निस्वार्थ, प्राकृतिक र गाउँघरको पूर्ण स्वभाविक स्वागत, सत्कार र खानपान एवं मनोरञ्जन गर्न पाइन्छ ।

झण्डै महिलाको नेतृत्वमा व्यवस्थापन भएका यी घरबासमा पाहुनाले घरपरिवारको विदेश गएर घर गाउँ फर्केका एउटा सदस्यले जुन आतिथ्य र आत्मीयतापूर्ण पाउँछ, त्यो अनुभूति र व्यवहार, माया ममता यहाँ पाइन्छ । पुरानोकोट र काउलेपानी दुवै गाउँ ऐतिहासिक, पुराताìिवक महìवका सम्पदाले भरिपूर्ण हुनुका साथै प्राकृतिक एवं मानव संस्कृतिले अति धनी गन्तव्यको रूपमा लिन सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ