arrow

सत्यवती गाउँपालिकामा पहिरोले ३ घर पुर्यो, ६ को मृत्यु, ५ बेपत्ता

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
Satwati_Gaunpalika.png

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घाको भिरकुनामा पहिरोले तीन वटा घर पुरेको छ । उक्त घटनामा चार जनाको ज्यान गएको छ । पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । 

जिल्ला प्रमुख प्रशासकृत अधिकृत यादव भण्डारीका अनुसार उद्धारमा कठिनाइ भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिए पनि घटनास्थलमा पुग्न कठिन भएको छ । 

हेलिकोप्टरबाट उद्धार गर्न माग गरिएको छ । पानी परिरहेको र पहिरोले बीचबीचमा सडक बन्द भएकाले घटनास्थलमा पुग्न समस्या भएको छ ।

यस्तै सत्यवती गाउँपालिका–३  ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा दुई जनाको ज्यान गएको छ । ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको ज्यान गएको हो । 

घाइते २ जनाको उद्धार गरी अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षाका कारण गुल्मीको रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड समेत सोमबार रातिदेखि नै बन्द भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ