arrow

वडाअध्यक्ष मोक्तानलाई राष्ट्रिय झण्डा ओढाई सलामी दिएर अन्त्येष्टि गरियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ साउन ७ मंगलबार
wadhadhakshaya.JPG

पाँचथर । सोमबार साँझ निधन भएका पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हर्क बहादुर मोक्तानको मंगलबार दिउँसो हेवाखोलामा अन्त्येष्टि गरिएको छ ।

नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ्गले मोक्तानको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई नगर प्रहरीले सलामी दिएर अन्त्येष्टि गरिएको हो ।

वडाअध्यक्ष मोक्तानको निधनमा मंगलबार नगरपालिकाले पालिका भित्र एक दिन सार्वजनिक विदा समेत दिएको छ ।

यस्तै मंगलबारदेखि ३ दिनसम्म नगरका १४ वटै वडाहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ