arrow

बिरामीलाई फलफूल बितरण गरी स्मृती दिवस मनाईयो

logo
अनिल गुप्ता,
प्रकाशित २०७६ साउन ७ मंगलबार
falful.jpg

बारा । बाराको कलैया अस्पतालमा भर्ना रहेका बिरामीहरुलाई फलफूल बितरण गरी जन नायक वीपी कोइरालाको ३७ औं स्मृती दिवस मनाईएको छ ।  

नेपाल विधार्थी संघका निबर्तमान सह महामन्त्री राजेश रौनियारको नेतृत्वमा सम्पन्न भएको सो कार्याक्रममा स्व वीपी कोईरालाले देखाएको मार्ग र देश, जनताका लागि दिएको योग्दान बर्तमान समयमा पनि उतिकै महत्व बोकेको प्रमुख अतिथी पूर्व जिविस सभापति राजेन्द्र यादवले बताउनु भएको छ ।

 त्यस्तै नेपाल विधार्थी संघ बाराका अध्यक्ष राकेश पाण्डेय, नेका बाराका जिल्ला सदस्य प्रमोद यादव वीपी अध्यन प्रतिष्ठान बाराका कार्यवाहक अध्यक्ष राहुल गुप्ताको उपस्तिथी रहेका थिए ।

वीपी अध्यन प्रतिष्ठान बाराले कलैया अस्पतालमा भर्ना रहेका चालिस बिरामीलाई फलफूल बितरण गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ