arrow

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन    

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
saptari-district.png

लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।     
     
विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भालेको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।     
     
मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् ।

उनको जेठो छोरा डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् । स्व सिंहको शुक्रबारै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ