arrow

पहिरोले फालेलुङका कृषकको सय रोपनी अलैँची बगान बगायो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ साउन ११ शनिबार
cardamon-panchthar.jpg

पाँचथर। केहि दिन यता परेको अविरल वर्षादका कारण झरेको पहिरोले पाँचथरको फालेलुङका कृषकले लगाएको अलैँची बगान बगाउँदा कृषकहरु चिन्तित बनेका छन्। उनीहरुले लगाएको सय रोपनी भन्दा बढि अलैँची बगान पहिरोले बगाएको फालेलुङ १ का घनश्याम सुवेदीले बताए।

उनका अनुसार फालेलुङ १ एकतिनमा तुलसी प्रसाद रिजालको ४ रोपनी, कुवेरनाथ रिजालको ४ रोपनी, हरि प्रसाद रिजालको ५ रोपनी, जग्गा नन्द न्यौपानेको २ रोपनी, टंक पौड्यालको २० रोपनी, हरि प्रसाद मिश्रको दुई रोपनी अलैँचीको बगान बगाएको हो।

यस्तै फालेलुङ ७ का डिल्लीराम रिजाल, नन्दलाल रिजाल, वाचनवस्ती रिजाल, फेमेलाल रिजाल, भिम कुमार रिजाल, इन्द्रलाल रिजाल, पदम रिजाल, वडाअध्यक्ष शेर बहादुर केरुङको घर, खेतबारी उच्च पहिरोको जोखिममा परेका छन्।

जतासुकै खनिएको नयाँ सडकको कारण झरेको पहिरोले अलैँची बगान मात्रै नभएर भर्खरै रोपिएको धानवाली समेत बगाएको छ। मुख्य सडक फिदिम फालोटको सडक ठाउँठाउँमा झरेको पहिरोका अहिले सवारी साधानहरु ठप्प छन्। भित्री सडकहरु समेत अवरुद्ध भएको छन्।

तत्कालै कार्यपालिका बैठक बोलाएर क्षतिको विवरण संकलन गर्ने र के गर्न सकिन्छ छलफल गर्ने तयारीमा आफूहरु रहेको गाउँपालिका अध्यक्ष संच बहादुर केरुङले बताए।

Image may contain: plant, tree, outdoor and nature

Image may contain: mountain, sky, outdoor and nature



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ