arrow

आगलागी हुँदा दुई करोडको क्षति    

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
fire.jpeg

भद्रपुर । विर्तामोडको व्यापारिक भवन हनुमान सेन्ट्रलमा शनिबार साँझ ७ बजे भएको आगलागी नियन्त्रणमा लिइएको छ ।     
     
 प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छ तलाको उक्त व्यापारिक भवनमा भएको आगलागी राति ८ः३० बजेतिर नियन्त्रणमा लिइएको बताए । विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको प्रजिअ दाहालले बताए ।
     
 आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली संयुक्तरुपमा परिचालित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं नायब प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
     
 उनले आगलागीमा कुनै मानवीय क्षति नभएको र पहिलो तलामा रहेको एरिक जुत्ता पसलको एसी मेसिनमा विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए ।

विर्तामोडको मुक्तिचोकमा रहेको छ तले उक्त व्यापारिक भवनमा विराट एफएमको स्टेसन, लक्ष्मी र इन्भेस्टमेन्ट गरी दुई वटा बैंक, दुई वटा डिपार्टमेन्टल स्टोरसहित व्यापारिक पसल र होटल रहेका छन् ।     
     
 आगलागीबाट एरिक जुत्ता पसलमा मात्र क्षति पुगेको र अरु सबै पसल सुरक्षित रहेको प्रहरीले जनाएको छ । आगलागीमा पसलको करीब रु दुई करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले पसल धनीको भनाइलाई उद्धृत गर्दै बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ