arrow

छापचौरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, पाँच घाइते

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
Kaligandaki_Gaunpalika.png

गुल्मी । निरन्तर आएको वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा एक जनाको मृत्यु भएको छ । शनिबार राति कालीगण्डकी गाउँपालिका–७ छापचौरका विष्णु परियारको २ तले कच्ची घर पहिरोले पुरिँदा १३ वर्षीय सुने परियारको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दीपककुमार बस्नेतका अनुसार घर पुरिँदा सुतिरहेका बालक सुनेको घटनास्थलमै मृत्यु भएको हो । 

पहिरोमा परेर २८ वर्षीया चिना परियार, १२ वर्षीय साजन परियार, १० महिने सोही परियार, ३५ वर्षीय यमबहादुर परियार र २५ वर्षीय भेष परियार घाइते भएका छन् ।

घाइतेहरुलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । 

गुल्मीमा यसपटकको मनसुनले धेरैको ज्यान लिएको छ । गत हप्ता सत्यवती गाउँपालिकामा पहिरोमा परी १३ जनाको ज्यान गएको थियो भने ६ सय बढी मानिस घरवारविहीन भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ