arrow

बुढानीलकण्ठका थापाको डुबेर मृत्यु    

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
drowning.jpg

चितवन । पौडी पोखरी (स्विमिङपुल) मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् ।  
   
काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो । 

स्विमिङ गर्न जाने क्रममा स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः४० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ