arrow

जंगली च्याउ खादा बुहारीको मृत्यु, सासु विरामी

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७६ साउन १४ मंगलबार
forest-mushrooms.jpg

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी ४८ बर्षीया सुनिता लिम्बूको उपचारको क्रममा मंगलबार बिराटनगरको एक नर्सिङहोममा मृत्यु भएको हो ।

जंगलबाट ल्याएको च्याउ खाएपछि सुनिता र उनकी सासु सन्तमाया लिम्बू बिरामी परेका थिए ।

बिरामी भएकी सन्तमायाको भने झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको फाल्गुनन्द–५, का वडा अध्यक्ष अबिन्द्र चेम्जोङले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ