arrow

हुरी चल्दा के गर्दै थिए ह्यारी ?

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
Hyari.png.png
काठमाडैं । बेलायतका राजकुमार ह्यारी सोमबार दिउँसो दुई बजेतिर लापुबेसीको प्रभातकिरण माविका विद्यार्थीसँग भेटघाट कार्यक्रममा सरिक हुन जाँदै थिए । उनी विद्यालयमा मात्र पुगेका थिए, एक्कासी हावाहुरी चल्न थाल्यो ।
 
‘ठूलै हावाहुरी चल्यो । उनी हत्तपत्त विद्यालयको अफिस कोठाभित्र छिरे’ प्रधानाध्यापक जीव गुरुङले भन, ‘हामी शिक्षक स्टाफहरु नाल, थाम, बलो समातेर बसेका थियौं । उनी पनि त्यसै गर्न थाले ।’ 
 
२० मिनेट जोडदार हावाहुरी चलेको उनले बताए । ‘२० मिनेटसम्म हुरी चल्यो । कक्षा कोठाको जस्ता सबै उनकै आँखा अगाडि उँडायो । यो देखेर उनी डराएका पनि थिए’, प्रअ गुरुङले भने ।
 
त्यतिबेला कक्षा आठका विद्यार्थीहरु जिल्लास्तरीय परीक्षा दिइरहेका थिए । ‘छानो उडाएपछि जाँच दिइरहेका विद्यार्थीहरु भागाभाग भयो’ प्रअ गुरुङले भने ‘नैतिक बिषयका जाँच दिइसकेर स्थानीय बिषयको जाँच दिन थालेका थिए । जाँचै अधकल्चो भयो ।’ स्थानीय बिषयको परीक्षा भएकाले विद्यालयले नै निर्णय गरेर अर्को परीक्षा लिने उनले बताए ।
 
हावाहुरी थामिएपछि ह्यारीले शिक्षक विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए । प्रकोप आइरहने भएकाले पक्की विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए ।
 
‘आज शिक्षक, विद्यार्थीसँग भेटघाट गर्ने कुराकानी गर्ने कार्यक्रम थियो’ प्रअ गुरुङले भने, ‘मैले हिजो नै सबै विद्यार्थीहरुलाई परीक्षा दिइसकेपछि ह्यारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराएको थिएँ । तर मौसमले साथ नदिँदा लामो कार्यक्रम हुन सकेन ।’
भेटघाटमा ह्यारीले विद्यार्थीहरुको समस्याको बारेमा जानकारी लिएका थिए । खाने, बस्ने, विद्यालय आउने समस्याको बारेमा सोधेका उनले बताए । अन्नपूर्णमा समाचार छ - विद्यार्थीसँग भेटघाट कार्यक्रम तय भएकाले सोमबार ह्यारी विद्यालय भवन निर्माणको काममा सहभागी भएका थिएनन् । उनी मंगलबार फर्कन सक्ने प्रअ गुरुङले जनाए ।
 
हावाहुरीले सो विद्यालयको छात्रबासको त्रिपाल पनि उडाएको छ । छात्रबास उडाएपछि त्यहाँ बस्ने ४० जना विद्यार्थीको बिचल्ली भएको ब्यबस्थापन समितिका सदस्य सोम गुरुङले टेलिफोनमा जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ