arrow

तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गर्न माग

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
majdoor1.jpg

झापा । नेपाल यातायात मजदुर संघ प्रदेश १ को प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।

प्रशिक्षण तथा बैठकको उदघाटन गर्दै नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले वर्तमान सरकार श्रमिक पक्षीय काम नगरी लोकतन्त्र स्थापना गर्न श्रमिकले पुर्‍याएको योगदानको अवमूल्यन गरेको आरोप लगाए । यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुको धेरै समस्या देख्दा देख्दै सरकारले समाधान गर्ने कुनै संकेत नदेखाएको उनले बताए । 

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले यातायात क्षेत्र हरेक पक्षबाट प्रताडित रहेको बताए । जुनसुकै पक्षको आन्दोलन हुँदा पनि सबै भन्दा बढी यहि क्षेत्रलाई निशाना लगाउने गरेको बताउँदै उनले सरकार समेत गम्भीर नबन्दा श्रमिक र व्यवसायीले असुरक्षित महसुस गरेकोले सरकारले सुरक्षित वातावरणको प्रत्याभूति गराउनु पर्ने बताए । 

नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले रात दिन जनताको सेवामा कार्यरत यातायात श्रमिकलाई राज्यको कुनै सुविधाले सम्बोधन नगरेकोले तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना लगायत प्रचलित श्रम ऎन अनुसारको सेवा सुविधा लागु गर्न माग गरे । 

नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले सर्वहारा जनताको सरकार भन्नेहरुले श्रमिकलाई सेवा सुविधा दिनु त कहाँ हो कहाँ राज्यले तोकेको न्युनतम पारिश्रमिक पाउन समेत चिया बगानमा महिना दिन भन्दा बढी आन्दोलन गर्नु परेको बताए । 

कार्यक्रममा ट्रेड युनियन कांग्रेस प्रदेश १ का उपाध्यक्ष दिपक प्रधान, यातायात मजदुर संघका उपाध्यक्ष , महासचिव नुरनाथ पन्त, संघका सचिव प्रलात श्रेष्ठ, ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञ प्रताप अधिकारी, कांग्रेस  मेची नगर सभापति इन्द्र ब।बुढाथोकी, बसन्त तिवारी, देउमान लिवाङ  लगायत श्रमिक नेताहरुले बोलेका थिए । 

गोष्ठीमा ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राई र संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले संगठन विस्तार, सुदृढीकरण र भावी कार्यदेशाबारे प्रशिक्षण दिएका थिए । 

साथै संघको प्रदेश समिति  बैठकले संगठन विस्तार र परिचालन व्यापक गर्ने निर्णय गरेको छ । कार्यक्रम यातायात मजदुर संघ प्रदेश १ का अध्यक्ष पुर्ण प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ