arrow

इन्जिनियरलाई सासंदको सुझाव: घर बनाउदा पुरै जमिनलाई कंक्रीटले ढलान नगर्नु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन १९ आइतबार
engg-cons.jpg

जनकपुरधाम ।  इन्जिनियरिङ्ग कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर दुईको प्रथम अधिवेशन  सम्पन्न भएको छ । इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर दुईका अध्यक्षमा ई. हेमशकर अरगरिया निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख आतिथि प्रदेश दुईका सासंद रामअशिस यादवले इन्जिनियर सबैभन्दा अगाडि रहेको बताए । उनले भने,'इन्जिनियर बिज्ञान र गणित दुबैलाई समातेर राखेको हुन्छ । देश राम्रो बनाउनको लागि तीन वटा पिलर हुन्छ । समाजिक, अर्थ, पर्यावरण  त्यसैले घर बनाउदा पुरै जमिनलाई कंक्रीटले ढलान नगर्नु किनकी जमिनको स्वास लिनको लागि जमिन खाली राखनु र रुख रोपनु तब हामीहरु स्वास्थ रहन्छौ त्यो सल्लाह दिनकोलागि  इन्जिनियरहरुलाइ सबैको जानकारी दिनका लागि आग्रह गर्छु ।'

अर्को प्रसंग मा सासंद यादवले भने प्लास्टिक  पोलोथिन मानिसको लागि सबै भन्दा जहर छन किनकी पृथ्वी भन्दा धेरै  प्रतिशत सतह बढिरहेका कारण पोलोथिन खथरनाक रहेका छन ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि नगराइन नगपालिकाका मेयर प्रमेश्वर यादवले जनप्रतिनिधि भ्रष्ट छैन कर्मचारी ठिक भए सबै ठिक हुन्छ भने ।

यस्तै जनकपुरधाम  उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर बिरेन्द्र यादवले भने नेपालमा करीब तीस हजार इन्जिनियर रहेको र प्यानल बनाएर पालै पालो काम दिने हो भने कुनै इन्जिनियर बेरोजगार नहुने बताए ।

कार्यक्रममा मिथिला नगरपालिकाका  उपमेयर तारा कुमारी बस्नेतले प्रदेश नम्बर दुई भन्नपनि लाज लाग्ने बताइन् उनले  शिक्षा दीक्षा सबैमा पछाडी रहेको सुनाइन् ।  अर्को प्रसंगमा बस्नेतले महिलामा इन्जिनियर छैन कि उपस्थिति भएका छैनौ हाम्रो घोर आपती छ भनिन‍ ।

 कार्यक्रम मा डिप्लोमा एसोसिएसन का अध्यक्ष बिनोद झा, एसोसिएसन बरिस्ठ इन्जिनियर लाल बाबू साह लगायतको उपस्थिति रहेको थियो । जनकपुरधाममा प्रदेश नम्बर दुईका इन्जिनियरिङ कन्सल्टेन्सी सचालक इन्जिनियरहरुको प्रथम अधिबेशनबाट अरगरियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेका हुन् ।

 एसोसिएसनको उपाध्यक्षमा ई. सहदेव मुखिया, महासचिवमा ई. शत्रुधन साह , सचिवमा ई. बिरेन्द्र कुमार यादव कोषाध्यक्षमा ई.राजेश कुमार महतो र सह कोषाध्यक्षमा ई. सन्तोषकुमार साह निर्वाचित भएका छन् ।

 एसोसिएसनको सदस्यहरुमा सविता यादव, रोशन यादव, देवनारायण मण्डल , सजिव दत्त , दिलिप यादव सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ