arrow

प्रकाशमानको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे विमलेन्द्र

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
bimalendra_(1).jpg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् ।

‘प्रोस्टेट’मा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल भर्ना भएका सिंहलाई मंगलबार दिउँसो अस्पतालमा पुगेर उपसभापति निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । सिंहलाई भेट्न निधिका साथ पत्नी अनामिकासमेत पुगेकी थिइन् ।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए। चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका हुन् ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार-पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए। सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अस्पतालको ५२७ नम्बर बेडमा सिंहको उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारमा राजनीतिका साथै पारिवारिक सम्बन्ध घनिष्ठ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ