arrow

जब वर्षाले रोकियो खेल, तब मैदानमै नाच्न थाले कोहली र गेल

logo
प्रकाशित २०७६ साउन २६ आइतबार
gel-koholi1.jpg

काठमाडौं । धेरैजसो मानिसहरु मनोरञ्जनका लागि खेल हेर्न मैदानमा जाने गर्छन् । तर, खेल हेर्न गएको बेलामा पानी पर्‍यो भने मानिसहरुको मनमा खिन्नता उत्पन्न हुन्छ । तर, भारत र वेस्टइन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा भने केही फरकपन देखिएको छ ।

 वर्षाको कारण खेल रोकिएपछि भारतीय टोलीका कप्तान विराट कोहली र वेस्टइन्डिजका ब्याट्सम्यान क्रिस गेलले मैदानमा आफ्ने नाच देखाएर दर्शकलाई मनोरञ्जन दिएका छन् । यससँगै उनीहरुको बीचमा सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

 भिडियोमा देखिएअनुसार खेल रोकिएपछि डीजे शुरु भएसँगै उनीहरुले यसको फाइदा उठाउँदै जमेर नाचेका थिए । कोहलीले नाचेसँगै क्रिस गेल पनि उनीसँगै जोडिएका थिए । त्यसका साथै केदार जाधव र श्रेयस अय्यरले पनि उनीहरुलाई साथ दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ