arrow

सुरक्षा चुनौती बढ्दो, प्रधानमन्त्रीकै गृहजिल्लाको वडा कार्यालयमा बम विष्फोट    

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
jhapa.png.png

सुरुङ्गा । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा सोमबार बिहान बम विष्फोट गराएको छ ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।     
     
 प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । 

विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताए । घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ