- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राजनीतिको तीतो यथार्थ समेटेर नेपाली रक म्युजिक आएको छ – के पाइस् नेपाली केरा ।
गीतमा सशस्त्र द्धन्द्धमा मारिएका १७ हजार नेपालीपछिको राजनीति, मन्त्रीहरुको शिक्षा, लोकतन्त्रले निम्त्याएको बेथिति लगायतका कुराहरु समेटिएको छ ।
कामका लागि विदेसिनुपर्ने वाध्यता, सरकारको सपना देखाउने बानी लगायतका विषयलाई पनि गीतमा उठान गरिएको छ ।
भिडियोमा रेस्लिङलाई देखाएर नेपाली राजनीतिको वर्णन गरिएको छ । अन्त्यमा नेपालीले केरा पाए भन्ने देखाउन रेस्लिङ जितेको रेस्लरले उपहार पनि केरा नै पाएर झस्केको देखाइएको छ ।
केही अश्लील शब्दहरुको चयन गरिए पनि गीत भने सत्यको नजिक छ ।
रोहित शाक्यले भिडियोको निर्देशन गरेका हुन् ।
५ मिनेट १३ सेकेन्डको भिडियोका शाक्य नै लगानीकर्ता हुन् । उक्त गीत स्याडोज नेपालले तयार गरेको हो । भिडियोसहित–