arrow

अस्पतालबाट आठ दिन पछि फर्किए प्रकाशमान

logo
प्रकाशित २०७६ साउन २७ सोमबार
prakash-man-shing-hospital.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वासथ्यमा सुधार भएपछि सोमबार डिस्चार्ज भएका छ्न्। गत सोमबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका थिए। 

सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागि थियो। सिंहलाई अझै केही दिन घरमै पुर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्।

घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सकहरुको टिम , अस्पताल ब्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो राख्नु हुने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पाटि का नेता कार्यकर्ता, सबैप्रति हार्दिक आभार सहित धन्यवाद दिए। घरमा केही दिन अाराम गरेर पाटी काममा फर्कने सिंहले बताए।

‘हाइ सुगर’,उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ