- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । सोमबार भीसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले चौतर्फी दबाब पछि मंगलबार नै भीसा दिएको हो । आउँदै गरेको सीपीएल क्रिकेट २०१९ मा भाग लिन अमेरिका जान लागेका सन्दीपलाई सोमबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।
आफूलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको भनेर उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका थिए । त्यो ट्वीट पछि अमेरिका बिरुद्ध नै अनेकानेक धारणाहरु बाहिर आएको र चौतर्फी आलोचना भएपछि अमेरिकाले मंगलबार उनलाई भीसा दिएको हो ।
उनले सन् २०१६ देखि विभिन्न मुलुकमा विभिन्न प्रतियोगिताको लागि गइरहेको अवस्थामा सीपीएल खेल्न अमेरिका जाने अनुरोध अस्वीकृत भएकोमा आश्चर्य व्यक्त गरेका छन् । तर, मंगलबार नै उनले आफूलाई फेरि दूताबासले भीजा दिएको बताएका छन् ।
उनले गरेको ट्वीटमा प्रधानमन्त्री,परराष्ट्रमन्त्री, अमेरिकी दूतावासलगायत सम्बन्धित सबै पक्षलाई मेन्सन गरेर ध्यानाकर्षण पनि गराएका थिए ।