arrow

यो भन्दा ठुलो चुनौती प्रजातन्त्रको लागि के हुनसक्छ ?

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
dila-sangraula1.jpg

काठमाडौं । कांग्रेस सांसद डिला संग्रौलाले जनआनदोलनमा धेरै नेपाली जनताले देशको विकाश र समृदिको लागि रगत बगाए तर आज जनताको रगतको बदला, भ्रष्टाचार, दलाली, बिषादी र घमण्डले बिगतमा बगेको रगतको अपमान गरिरहेको बताएकी छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभाको वैठकमा विचार राख्दै सांसद संग्रौलाले अपमानको नेतृत्व वर्तमान सरकारको नेताहरुले गरिरहेको बताइन् ।
 
उनले संसदमा राखेको मन्तव्यको सार यसप्रकार छः
नेपालमा ठुला–ठुला आनदोलनहरु भए, २००७ को आन्दोलनले जनतालाई रैतिबाट नागरीक बनायो । २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो, २०६२-६३ को आन्दोलनले राजालाई बिदा गरी सिंहदारबारको अधिकार गाँउमा पुर्‍यायो ।

 यी जनआनदोलनमा धेरै नेपाली जनताले देशको विकाश र समृदिको लागी रगत बगाए तर आज जनताको रगतको बदला, भ्रष्टाचार, दलाली, बिषादी र घमण्डले बिगतमा बगेको रगतको अपमान गरिरहेको छ । अपमानको नेतृत्व वर्तमान सरकारको नेताहरुले गरिरहेका छन । यो भन्दा ठुलो चुनौति प्रजातन्त्रको लागी के हुन सक्छ ? सभामुख महोदय , प्रजातान्त्रिक आन्दोलनको अपमान, जनतालाई अपमान र राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलार्र्ई हुदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ