arrow

जोरपाटीमा बम भनेर डिस्पोज गर्न गएको त परेछ...

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
bomb1.jpg

काठमाडौं । बुधबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेज नजिक अत्तरखेलमा बम राखेको आशंका भएपछि प्रहरीमा खैलाबैला भयो । 

डिएसपी नरेन्द्र चन्दको टोली घटनास्थलमा पुग्यो । बम डिस्पोजल टोली पनि पुग्यो । डिस्पोजल टोली सक्रिय भएर लागेपछि बम नभएको भेटियो । 

डिएसपी चन्दले भने, ‘मोटर पम्प तान्ने क्यापासिटरको तार रहेछ । बम हैन । केही पनि हैन ।’

सुरुमा त डिएपी चन्दले ‘हैन हैन त्यस्तो केही हैन’ भन्दै टार्न खोजे । तर डिस्पोजल टोली नै गएपछि केही त होला नि ? भन्ने जिज्ञासामा उनले भने, ‘मोटर पम्प तान्ने क्यापासिटरको तार रहेछ । बम हैन । केही पनि हैन ।’

पछिल्लो समय त्रास फैलाउने काम भइरहेको छ । सुरक्षा संयन्त्र भने चनाखो बन्नुपर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ