arrow

जनैको तीन सूत्र, नौ तार र पाँच गाँठोको बैज्ञानिक महत्व के छ ?

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
janai-purnima.jpg

काठमाडौं । भोलि (बिहीबार) यज्ञोपवित एवं जनै पूर्णिमा हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । 

द्विज जातीहरु जो जनै लगाउँछन् (ब्राह्मण, क्षत्री र वैश्य) उनीहरुको लागि यो पर्व पवित्र पर्वको रुपमा मान्ने गरिन्छ । तर, धेरै तागाधारी (जनैधारी)हरुलाई जनैको बैज्ञानिक महत्वबारे थाहा नभएको पनि हुनसक्छ । त्यसैले त्यसको महत्वबारे प्रकाश पार्ने प्रयास पारिएको छ ।  

जनै के हो ? 
हामै धेरैले देखेका हुनसक्छौं कुनैपनि संस्कारयुक्त तागाधारीहरुले आफ्नो बाँया काँधदेखि दायाँ कम्मरसम्म पुग्नेगरी एक कच्चा धागोलाई बेरेर राखेको हुन्छ । त्यही धागो शौच गर्न जाने बेलामा दायाँ कानेमा बेरेर गएको हुन्छ । त्यही धागोलाई हामी जनै भन्दछौं । यो जनैमा तीन वटा सूत्र, नौ वटा तार र पाँचवटा गाँठाहरु रहेका हुन्छन् । यही जनैलाई संस्कृतमा यज्ञपवित भनिन्छ र पहिलो पटक यज्ञपवित गर्ने दिनलाई सोह्र संस्कार मध्येको एक दिन पनि मान्ने गरिएको छ । यो जनै सूतबाट बनेको पवित्र धागो हो । जसलाई तागाधारीहरुले बायाँ काँधबाट सुरु गरेर दायाँ हातको मुनीसम्म पुग्नेगरी पहिरिने गरिन्छ । 

जनैमा तीन सूत्र किन ? 
जनैमा मुख्य रूपले तीन वटा धागो हुने गर्दछ । यो तीन सूत्र देवऋण, पितृऋण र ऋषिऋणको प्रतिक हो । यो सत्व, रज र तम गुणको पनि प्रतीक हो। यो तीन सूत्रले गायत्री मन्त्रको तीन चरणलाई समेत बोध गराउने गर्दछ । यो तीन आश्रमको प्रतीक पनि हुन्। सन्यास आश्रममा यज्ञोपवितलाई उतारिन्छ । 

जनैमा नौ तार 
यज्ञोपवीतको एक(एक तारमा तीन-तीन तार हुन्छ । यसै गरी कूल तारको संख्या नौ होती हुन्छ। एक मुख, दुई नासिका (नाक), दुई आँख, दुई कान, मलद्वार र मूत्रद्वार दुई गरी कूल नौ हुन्छ 

जनैमा हुने पाँच गाँठोको अर्थ  
यज्ञोपवितमा पाँच गाँठो हुन्छ । जसको अर्थ ब्रह्म, धर्म, अर्थ, काम र मोक्षको प्रतीक हो । यो पाँच यज्ञ, पाँच ज्ञानेन्द्रिय र पञ्चकर्मको प्रतीक समेत मानिन्छ । वैदिक धर्ममा  जनै पहिरिनु र त्यसको नियमको पालन गर्नु प्रत्येक आर्यको कर्तव्य हो । प्रत्येक आर्यलाई जनै पहिरिने अधिकार त्यतिबेला हुन्छ जतिबेला उसले यसको नियम पालना गर्दछ ।

जनै लम्बाई कति ? 
यज्ञोपवितको लम्बाई ९६ अंगुल हुन्छ। यसको अभिप्राय यो हो कि जनै धारण गर्ने व्यक्तिमा ६४ कला कलाहरु र ३२ विद्या हुनु पर्दछ । यदि छैन भने पनि सिक्ने कोशिस गर्ने स्वभावको हुनु पर्दछ । 

जस मध्ये ३२ विद्यामा चार वेद, चार उपवेद, छह अंग, छह दर्शन, तीन सूत्रग्रन्थ, नौ अरण्यक पर्दछ भने ६४ कलाहरुमा वास्तु निर्माण, व्यञ्जन कला, चित्रकारी, साहित्य कला, दस्तकारी, भाषा, यन्त्र निर्माण, सिलाई, कटाई, बुनाई, दस्तकारी, आभूषण निर्माण, कृषि ज्ञान आदि पर्दछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ