arrow

आयातित राष्ट्रवादी स्वरले संकटमा नेपाली संस्कृति, पाश्चात्य उपनिवेशमा नेपाल

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार

काठमाडौं । नेपाल एक प्राचीन राष्ट्र हो तथा यसको राष्ट्रियताको आधार हो संस्कृति । समयको विकाससँगै राष्ट्रियताको परिभाषा गर्ने पण्डितहरुले यसको आधार नै भूगोलमा लगेर समाहित गरिदिए । जसका कारण हाम्रो राष्ट्रवाद विस्तारै हराउँदै गयो । राष्ट्रवाद भनेको नारामा देखिने भाव होइन । मनमा आउने भावना हो । यो अमूर्त विषय हो । तर, अहिले देखावटी र आयातित राष्ट्रवादले हाम्रो सर्वे भवन्तु सुखिनM भन्ने सबै सुखि होउन् भन्ने भाव हराउन थाल्यो । वशुधैव कुटुम्बकम् को भाव पनि विस्तारै हराउन थाल्यो । समग्रमा भन्दा हामी राष्ट्रियताको भौगोलिक परिधिभित्र हराएर सांस्कृतिक राष्ट्रवादको विशाल स्वरुपलाई भुल्दै गएका छौं । 

भौगोलिक राष्ट्रियताको मान्यता नै धेरै पछि फ्रान्सबाट सुरुवात भएको हो । यूरोपेली विद्वानहरुको मतानुसार राष्ट्रियताको भावना सर्वप्रथम १७८९ मा भएको फ्रेन्च जातिबाट सुरु भएको हो । पेन्ग्विन डिक्श्नरी अफ सोशियोलोजीमा राष्ट्रियताको भावना १८ औं शताब्दीमा सर्वप्रथम यूरोपेली देशमा न्याय राज्य निर्माण भएपछि त्यहीँका मानव समूहलाई राष्ट्रको स्वरूप प्रदान गरिएको थियो । यूरोपको मानचित्रमा जर्मन राष्ट्रको प्रादुर्भाव १८७१मा भएको देखिन्छ । राष्ट्रको सीमाना पहिलेदेखि नै हुने गर्दथ्यो । तर, परापूर्वकालदेखि राष्ट्रियता भन्नेकुरा हामी संस्कृतिमा नै देख्ने गर्दछौं । 

कुनैपनि नेपालीले नेपालको भूगोल छाडेपछि पनि उसले नेपालको माया गर्छ भने उसले भूगोलको नभएर संस्कृतिको माया गरेको हो । नेपालीपनको माया गरेको हो । नेपाली भेषभुषा र कला संस्कृतिलाई माया गरेको हो भन्न सकिन्छ । तर, राष्ट्रियता भन्ने बुझाइमा नै हामीमा उपनिवेश घुसेको छ । त्यसैले हामी संस्कृति विर्सिएर कट्टर राष्ट्रवादको कुरा गर्ने गरेका छौं । हामी भौगोलिक राष्ट्रवादलाई खुलेआम समर्थन गर्छौं । तर, त्यसको जरोमा रहेको सांस्कृतिक राष्ट्रवादलाई हामीले जानेर वा नजानेर पनि विर्सिँदै गएका छौं । 

नेपालमा आउने पर्यटकहरु हाम्रो भौगोलिक सीमा भित्र होइन । हाम्रो संस्कृति हेर्नको लागि आउने गर्दछन् । लुम्बिनी होइन लुम्बिनीमा रहेको जीवीत संस्कृति हेर्न आउँछन् । सगरमाथा होइन हिमाली सभ्यता हेर्न आएका हुन् । अलास्का हिमालको आरोहण गर्ने पर्वतारोहीहरु नेपालमा हमाल चढ्नमात्रै नभएर हिमाली क्षेत्रको संस्कृतिको अध्ययन गर्नको लागि हो नेपाल आउने । संस्कृतिलाई राष्ट्रवाद मान्दै संस्कृतमा एउटा उक्ति छ 'उत्तरं यत् समुद्रस्य हिमाद्रेश्चैव दक्षिणम्, वर्ष तद् भारतं नाम भारती यत्र सन्तति:' पश्चिमी विचारधाराबाट प्रभावित तथाकथित एक यस्तो वर्ग छ । जो यसलाई राष्ट्र मान्दैन । राष्ट्र, राज्य एवं देशलाई एकै प्रकारको मान्ने वा यसको भिन्नतालाई नसम्झँदा तथाकथित प्रगतिशीलहरु भ्रमजाल फैलाउनमा नै व्यस्त छन् ।  

प्रादेशिक राष्ट्रवादको संकल्पना यूरोपमा राज्यहरुको अभ्युदयसँगै प्रमुखताका साथ बाहिर आएको हो । एक निश्चित भूखण्ड, उसमा रहनेवाला मानिस, एक शासन एवं उसको सम्प्रभुतालाई राष्ट्र भनिएको छ । कालान्तरमा राजनीतिक स्वरूपको कारण राष्ट्र एवं राज्यलाई समान अर्थमा प्रयोग गर्न थालियो । विश्व युद्धपछि संयुक्त राष्ट्र संघले राष्ट्र शब्दलाई प्रयोगमा ल्यायो । राज्य एवं देश बन्दै भत्किँदै गरिरह्यो । संयुक्त राष्ट्र संघले उनीहरुलाई मान्यता दिँदै आयो । फलत: राष्ट्र एवं राज्यको अन्तर सम्झनेकाम त्यत्तिमा सीमित भयो। 

तर पश्चिमी परिभाषामाभन्दा छिमेकी मुलुक भारत पनि एक राष्ट्र होइन । किनकी यहाँ एक शासन मात्रै छैन । अंग्रेजहरुलाई एक शासनभित्र जसले ल्यायो उसैलाई राष्ट्र बनाउने श्रेय दिइयो । इजरायल पनि एक राष्ट्र होइन । किनकी त्यहाँका जनता (इजराइली) नै थिएनन् । द्वितीय विश्व युद्धपछि अनेक राष्ट्रलाई षडयन्त्रपूर्वक टुक्राइयो । जर्मन-पूर्वी एवं पश्चिमी जर्मनी, भियतनाम उत्तरी एवं दक्षिणी भियतनाम, कोरिया-उत्तरी एवं दक्षिणी कोरिया, लेबनान उत्तरी एवं दक्षिणी लेबनान आदि. भारतको पनि विभाजन भयो १९४७ मा । हिन्दू एवं मुस्लिम दुई राष्ट्रियता हो ।

अत: दुई राष्ट्र हुनुपर्छ भन्दै भारत पनि टुक्रियो । जर्मनी, भियतनाम, कोरिया, लेबनान आदि फुटेपनि उनीहरुले आफ्नो राष्ट्रियता छोडेनन् । तर दुर्भाग्यवश भारतको जुन विभाजन भयो त्यो एक अलग स्वरूपमा भएको छ । पूर्वी हिन्दुस्तान, पश्चिमी हिन्दुस्तान एवं मध्य हिन्दुस्तान- तर यो स्वरुपमा रहेको थियो भने हिन्दुस्तानी राष्ट्रियता जीवितै रहन्थ्यो । पन्थ राष्ट्रियता भन्छ जसलाई । तर, पछि इस्लाम एवं ईसाई समर्थकहरुको एकै राष्ट्र बनाउन आवाज उठ्यो । 

पन्थलाई नै राष्ट्रीयता मान्नुपर्ने आवाज सहित नागाल्याण्ड एवं मिजोरममा अलगाववादले हिंस्रक रूप समेत धारण गर्‍यो । यही धारणाका कारण पंजाबमा समेत अलगाववाद उमार्ने असफल प्रयास भयो । सिक्खहरुले सवाल गरे कि हिन्दू, मुस्लिम सिख, ईसाई-आपसमा हुन् भाइ-भाइ । तर दुईमा बाँडिएर १९४७ मा अलग राज्यको माग समेत भयो । यसरी नै पाकिस्तान भाषा (बंगला-उर्दू) लाई राष्ट्रियता मानेर दुई भागमा विभाजित छ ।

यदि भाषा राष्ट्रियता हो भने सबै अंग्रेजी बोल्नेहरु एकै राष्ट्र किन हुन सकेनन् । इङ्ग्ल्याण्ड एवं आयरल्याण्ड आपसमा किन लड्छन् । भारतमा समेत एक यस्तो वर्ग छ । जो भाषालाई राष्ट्रियता मानेर यो देशको बहुराष्ट्रियता र बहुसांस्कृतिक राज्य भन्दछन् । गुजराती संस्कृति, पंजाबी संस्कृति, उडिया संस्कृति, तेलुगु संस्कृति, कन्नड संस्कृति, मराठी संस्कृति, तमिल संस्कृति आदि शब्दको प्रयोग हुने गरेको छ । 

सन् १९९८ मा विश्वमा एउटा ठूलो उथलपुथल भयो । जसको कारण राष्ट्रियतामा एक बहस सिर्जना भयो । सोवियत संघ विभाजित भएर १५ भाग बन्यो । राष्ट्रियतालाई नकारेर राज्यलाई सर्वोपरि मान्नेहरु वामपन्थी राष्ट्रिय एकताको नारा पिट्न थाले । ''भारतमा अनेक राष्ट्रियता छ'' यस्तो वकालत गर्ने सोवियत संघको उदाहरण दिएर दाबी गर्न थाले कि राष्ट्रियताभन्दा माथि राज्य छ । 

केरलका शंकराचार्यले चार-पीठको स्थापना गरे । ज्योतिपीठ (उत्तराञ्चल), श्रृगेरीपीठ (कर्नाटक), गोवर्धन पीठ (उडिसा), शारदापीठ (गुजरात) । उनले एक पीठ पनि केरलामा स्थापित गरेनन् । किनकी मलयालम संस्कृति या मलयालमलाई राष्ट्रियता मान्नेहरुलाई यसको उत्तर दिनु थियो । चार धाम, चार स्थान (प्रयाग, हरिद्वार, नासिक, उज्जैन)मा लाग्ने  कुंभ, द्वादश ज्योर्तिलिंग - ५२ शक्तिपीठ हाम्रो राष्ट्रियता एवं राष्ट्रिय एकात्मताको प्रतीक हो । गंगालाई मोक्ष दायिनीको रुपमा सबैले मान्दछन् । आत्मवत सर्व भूतेषु एक सद् विप्रा बहुधा वदन्ति, पुनर्जन्ममा विश्वास - हाम्रा संस्कृतिको यो मूल तत्व हो । हाम्रो विविधताले हाम्रो संस्कृतिको महानता प्रकट गर्दछ । यही विविधतालार्इ राष्ट्रियताको दिएर अलग अलग गराउने तत्व सक्रिय भएका छन् । 

''न मे वाछास्ति यशोस विद्वत्व न च वा सुखे
प्रभुत्वे नैव वा स्वेग्र मोखेप्यानंददयके
परन्तु भारते जन्म मानवस्य च वा पशो:
विहंगस्य च वा जन्तों: वृक्षपाषाणयोरपि''

अर्थात् मलाई यश, विद्वता, कुनै अन्य सुख या राजनीतिक प्रभुताको इच्छा छैन । न म स्वर्ग या मोक्ष नै कामना गर्दछु । तर म चाहन्छु यो भारत वर्षीय पावन भूमिमा नै मेरो पुनर्जन्म होस् । भलै त्यो मानव, पशु, जन्तु, वृक्ष या पाषाणको रुपमा नै किन नहोस् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ