arrow

भारतमा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापबारे २० नेपाली अधिकारीको प्रशिक्षण 

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
training1.jpg

काठमाडौं । नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुले भारतमा ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी तालिम लिइरहेका छन् । 

उनीहरुले भारतको फरिदावादस्थित नेशनल एकेडेमी अफ कस्टम्स, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नार्कोटिक्स (नासिन) मा प्रशिक्षण लिइरहेका हुन् । 

सो प्रशिक्षण भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा संचालन भइरहेको हो । 

नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिवद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । 

यो कार्यक्रम अन्तर्गत नेपालका विभिन्न नियामक निकायका ६० अधिकारीहरुलाई तालिम दिइने बताइएको छ । 

उक्त प्रशिक्षण दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई नासिनमा अक्टोबर र डिसेम्बरमा दिइने भएको छ । 

यो कार्यक्रमको उद्धेश्य नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुद्धकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । 

सम्पत्ति शुद्धिकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा नासिन भारत सरकारको शीर्ष प्रशिक्षण संस्था मानिन्छ । 

यो एसिया प्रशान्त क्षेत्रका लागि विश्वभर भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो जसले अन्तर्राष्ट्रिय संस्थाहरु युएनईपी, युएनडीपी र एसएएसईसी लगायतसंग मिलेर काम गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ