arrow

घटस्थापनादेखि नै दसैंबिदा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
754467528.jpeg
काठमाडौं। नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने तयारी गरेको छ । निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् ।
 
आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने संबद्ध स्रोतले बतायो । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।
न्यायालयसंबद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूर्णिमाको दिन पुनः बिदा दिइँदै आएको थियो । यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ