arrow

यमपञ्चक शुरु, आज कागतिहार

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1768772430.jpeg
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार सोमबारबाट विधिवत रुपमा सुरु भएको छ । यमपञ्चको पहिलो दिन सोमबार बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ। शुभ र अशुभ दुवै प्रकारको सन्देश दिने कागलाई पुजा गरी काग तिहार मनाईन्छ । यसैदिन वैद्यराजहरूले धन्वन्तरीको पूजा आराधना गर्ने परम्परा छ।

दोस्रो दिन भैरवको वाहनका रूपमा परिचित कुकुरको पूजा गरिन्छ। त्यस्तै औंशीका दिन बिहान गाईको पूजा गरेर साँझ परेपछि दीपावलीका साथ लक्ष्मीको पूजा आराधना गरिन्छ।तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदामा गोवर्धन पूजा भनी गोवर्धन, बहर र दैत्यराज बलिको पूजा गरिन्छ। नेवार समुदायमा यस दिन म्हस् पूजा भनी सगुन लिई आफ्नै शरीरको पूजा गर्छन्। 

पाँचौं दिन छोरीबेटीहरूले आफ्ना दाजुभाइलाई पूजा गरी भाइटीका मनाउँछन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपटकको भाइटीकाको साइत बिहान ११ः५५ लाई उत्तम ठहर्‍याइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ