arrow

बालगोपालेश्वरमा भाइटीका [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
balgopaleshor-mandir.jpg

काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ ।  

बुधवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेहरूलाई भाइटीका लगाउन शुरु गरिएको हो । 

दिदी–बहिनी नहुनेका लागि वर्षमा (आज) एक दिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने प्रचलन रहेको छ । 

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ । 

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ