- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युएस ओपन टेनिसको फाइनलमा एक पटक फेरि सेरेना विलियम्स पराजित भएकी छिन् ।
२४ औं पटक ग्राण्डस्लाम जित्ने लक्ष्य अपुरो भएको खेलमा शनिबार राति सेरेनालाई क्यानेडियन १९ वर्षे खेलाडी बियान्का एन्ड्रिस्क्युले जितेकी छिन् ।
पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी बियान्काले ३७ बर्षिया पाकी उमेरकी सेरेनालाई ६–३ र ७–५ को सेटमा पराजित गरिन् ।
यो खेलमा सेरेना पराजित भएपछि बेलायती युवराज्ञी (जो अमेरिकन हुन्) मेघन मर्केलले धुरुक्कै आँशु चुहाएकी छिन् ।
उनले शनिबार रातिको खेल कोर्टमै पुगेर हेरेकी थिइन् । सेरेनाले चौथो फाइनलमा पराजय बेहोरेपछि जसरी मेघन रोएकी थिइन् यस्तो घटना दोहोरिन सक्ने भन्दै मेघनलाई अब घरमै (बेलायत) मै बस्न पनि आग्रह गरिएको छ ।
सेरेनाले प्रहार गरेको सटमा निकै उत्साही देखिएकी मेघन सेरेनाले हार्दा भने रुनै पुगेकी हुन् । उनी सेरेनाकै बक्समा बसेकी थिइन् ।