arrow

अष्ट्रेलियाद्धारा सिरिजमा अग्रता, स्मिथले मारे फड्को 

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
australia7.jpg

काठमाडौं । विश्व टेष्ट च्याम्पियनसिप क्रिकेट अन्तर्गतको चौथा चौथो टेष्ट क्रिेटमा अष्ट्रेलियाले इंगल्याण्डलाई १ सय ८५ रनको फराकिलो अन्तरले हराएको छ । यो जितपछि अष्ट्रेलियाले एसेज सिरिजमा २–१ को अग्रता लिएको छ । 

The players sprayed beer on one-another as the celebrations continued in the changing rooms after the match

ओल्ड ट्राफोर्डमा भएको चौथो खेलमा ३८३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको इंगल्याण्डले १९७ रन बनाउँदै अलआउट भएको थियो । 

The Australia stars looked to be having the time of their lives as they partied the night away in Manchester

जो डेन्लीले सबैभन्दा धेरै ५३ रन बनाएको इनिङमा तिव्र गतिका बलर प्याट कमिन्सले ४३ रन दिएर ४ विकेट लिए । 

The team and their coaching staff pointed to their strength as a unit by proceeding to perform press-ups as a group

अष्ट्रेलियाले पहिलो इनिङमा ८ विकेट गुमाएर ४ सय ९७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । 

स्टिभन स्मिथले २११ रन बनाएका थिए । जवाफमा इंगल्याण्डले ३ सय १ रन बनाएको थियो । 

पहिलो इनिङमा १९६ रनले अग्रता लिएको अष्ट्रेलियाले दोस्रो इनिङमा ६ विकेटको नोक्सानीमा १८६ रन बनाउँदै ३८३ रनको विजयी लक्ष्य दिएको थियो । 

यो इनिङमा पनि सर्वाधिक रन स्मिथकै ब्याटबाट भएको थियो । उनले ९२ रन बनाएका थिए । स्मिथ चौथो टेष्टको म्यान अफ दी म्याच चुनिए । 

स्मिथले लगातार सतक बनाउँदै टेष्ट खेलाडीको नम्बर एकमा लामो समयसम्म रहने लक्षण ल्याएका छन् । 

दोहोरो सतकअघि नै उनले टेष्ट वरियतामा भारतीय कप्तान विराट कोहलीलाई उछिनेका थिए । 

Steve Smith said retaining the Ashes in England was one to tick off his bucket list after Australia beat their great rivals

अब पाँचौं टेष्ट निर्णायक हुनेछ । उक्त खेलमा इंगल्याण्डले जित निकाल्न नसके सिरिज अष्ट्रेलियाले जित्नेछ । सिरिजमा अग्रता लिएपछि आइतबार राति अष्ट्रेलियाले पार्टी गरेको छ । 

अन्तिम खेल बिहीबारदेखि लण्डनमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ