arrow

तरुण दल विवाद उत्कर्षमा, अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाए

अधिकार नभएको अध्यक्षको वक्तव्य हास्यास्पद र निरंकुश शैलीको: शाही

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
tarun-jitgung-bhupendra.jpg

काठमाडौं। तरुण दलको विवाद चरम उत्कर्षमा पुगेको छ। विवाद बढ्दै जाँदा अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कार्वाही गरेका छ्न्।

अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पदिय जिम्मेवारी सहित साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको जनाएका छ्न्।

पदिय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएको छ ।

एउटै महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई अध्यक्षले एकलौटी विज्ञप्ती निकालेर कार्वाही गरेको हास्यास्पद भएको शाहीले बताए। अध्यक्षको निरंकुश शैलीको आफूले महासचिवको हैसियतमा भण्डाफोर गरिरहने बताए ।

तरुण दलमा अध्यक्ष र महासचिवबीच विवाद उत्कर्षमा पुग्दा कांग्रेस पार्टी भने मौन छ।

तरुण दलको समयावधी २महिना मात्र बाँकी रहँदा उत्पन्न यो विवादले तरुण कार्यकर्तामा निराशा छाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ