arrow

दृष्टिविहिनलाई दृष्टिविहिन महिलाको ३३ लाख सहयोग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
सुरुङ्गा (झापा)। झन्डै २७ वर्ष अगाडि विशेष छात्रवृत्तिको माध्यमबाट अमेरिका पुग्नुभएकी बुना दाहाल जन्मजात दृष्टिविहीन छिन् । मोरङको दुलाहीमा जन्मिएकी उनलाई दृष्टिविहीन भएकामा कुनै चिन्ता छैन । बरु आँखाको नेत्र ज्योति भएर पनि संसारलाई अँध्यारो देख्नेहरुका लागि आफूले नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम दिएर १० हजार जनालाई आत्मनिर्भर बनाउँदै रोजगारीको अवसर सिर्जना गरिदिएको उनले बताईन् । 

झापा नेत्र ज्योति सङ्घले आयोजना गरेको नेत्रहीनहरुका लागि क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आएकी उनले झापाका नेत्रहीनहरुका लागि रु ३३ लाख बराबरको सहयोग गर्दै यस्तो बताएकी हुन् । 

बुनाले झापा नेत्रहीन सङ्घका लागि रु ३० लाख र दमकमा रहेको सरस्वती उच्च माविमा अध्ययनरत रहेका विद्यार्थीका लागि रु तीन लाख मूल्य बराबरको सामग्री सहयोग गरेकी हुन् ।

उनले आइतबार झापा नेत्रहीन सङ्घमा आयोजित कार्यक्रमका बीच नेत्रहीनहरुका लागि स्क्रिन रिडर, स्क्रिन इन लार्जेन र नोट टेकर प्रदान गरिन् । सामान हस्तान्तरण गर्दै उनले नेत्रहीनहरुले यी सामग्रीको माध्यमबाट सहजै नेतृत्व र व्यक्तित्व विकासका लागि फाइदा लिन सक्ने बताईन् । 

सामान हस्तान्तरणपछि उनले धरानको ज्ञानचक्षु विद्यालयबाट कक्षा ७ अध्ययन गरेपछि लेव्रेटरी हाइस्कुल काठमाडौँबाट ४०४५ सालमा एसएलसी पास गरेर म पनि विशेष छात्रवृत्तिमार्फत अमेरिका पुगेको बताईन् ।

म आँखा नदेख्ने भएर के भयो त अहिले मैले अमेरिकामा नेतृत्व र परियोजना विषयमा स्नातकोत्तर गरिसकेकी छु बुनाले भनिन् – “मैले पढेकी थिएँ र सवलाङ्गलाई पनि कसरी आफू सक्षम हुन सकिन्छ भनेर तालिम दिन्छु र मलाई संसारले चिनेको छ तपाईंहरु पनि पढ्नुहोस् तपाईंहरुको भविश्व उज्ज्वल हुन्छ ।” 

आफूले झन्डै सात वर्षसम्म कोलोराडो फर द ब्लाइन्ड संस्थाको रोजगार प्रमुखका रुपमा काम गरिसकेको र अहिले आफैँले कोलोराडोमा डाइनामिक बुना कर्पोरेसन सञ्चालन गरेकाले झापाका नेत्रहीनहरुका लागि आत्मनिर्भर बनाउन पहिलो चरणमा थोरै भए पनि आफूले सहयोग गरेको बताईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ