arrow

बुद्धबहादुर थापा प्राध्यापक सङ्घको अध्यक्षमा निर्विरोध, अन्य पदाधिकारीको टुङ्गो कार्तिकमा    

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
buddhi-bahadur-thapa.jpg

काठमाडौँ । नेपाली प्राध्यापकको छाता संस्था नेपाल प्राध्यापक सङ्घको अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा निर्वाचित भएका छन् । 

सङ्घको निवर्तमान महासचिवसमेत रहेका थापालाई सङ्घको निर्वाचन समितिले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।       
     
अन्य पदाधिकारी तथा सदस्यको भने टुङ्गो लाग्न बाँकी नै रहेको निर्वाचन समितिले जनाएको छ । उनीहरुको निर्वाचन कात्तिकमा हुने तय भएको छ । कूल २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २० जना केन्द्रीय सदस्य निर्वाचित भएर उनीहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।     
     
लामो समय बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका थापाले राजनीतिक शास्त्रमा विद्यावारिधि गरेका छन् भने बरिष्ठ अधिवक्ता पनि हुन् । सङ्घमा त्रिभुवन विश्वविद्यालयका झण्डै आठ हजार र अन्य विश्वविद्यालयका गरी झण्डै १२ हजार प्राध्यापक आबद्ध रहेका छन् । 

नवनिर्वाचित अध्यक्ष थापाले विश्वविद्यालयमा भइरहेको राजनीतिकरणको अन्त्य गर्ने र बौद्धिक क्षेत्रको गुणस्तर वृद्धि गर्नेतर्फ आफ्नो कार्यकालमा काम गर्ने योजना बनाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ