arrow

जब बुद्धले राजालाई आभूषणको थैली फ्याँक्न लगाए

जीवनको सबैभन्दा ठूलो बाधक 'अहंकार'

logo
बुद्ध १०,
प्रकाशित २०७६ भदौ ३० सोमबार
gautam-buddha1.jpg

काठमाडौं ।  एकपटक एक राजा भगवान बुद्धको दर्शन गर्न आफ्नो मनमा आशय जगाउदै एउटा हातमा आभूषणहरूको थैली अनि अर्को हातमा एउटा राम्रो गुलाफको फूल लिएर गए । भगवान बुद्धलाई प्रणाम गरेर जसै राजाले आफ्नो हातको रत्नजडित आभूषण भगवान बुद्धलाई दिन अगाडि बढे, बुद्धले मुस्कुराएर भने, 'यसलाई तल फ्याँकिदेऊ ।'

राजालाई मनमा नराम्रो त  लाग्यो, तर भगवान बुद्धले फ्याँक भनेपछि उनले आभूषण फ्याँकिदिए। राजाले गुलाफमा केहि आध्यात्मिकता र प्रकृतिको सौन्दर्य भएको कारण बुद्धलाई अस्वीकार गर्ने छैनन्  भन्ने सोचेर फेरि अर्को हातमा समातेको गुलाफको फूल दिन लागे  , तर जसै फूल दिन हात अगाडि बढाए, बुद्धले फेरि भने,'यसलाई तल फ्याँकिदेऊ ।'

 राजा एकदमै विचलित भए, अशान्त भए।  उनले भगवान बुद्धलाई केहि दिन चाहन्थे, तर अब उनकोमा दिने केहि चीज रहेको थिएन । तब राजाले सोचे, कुनै चीजहरू भेट चढाउनुभन्दा यदि मैले आफै-आफलाई नै भेट चढाएँ भने धेरै राम्रो होला कि? यो ख्याल आउन साथै राजाले जब आफै-आफलाई भगवान बुद्धलाई भेट चढाउन चाहे, तर उनले फेरि त्यहि भने, यसलाई तल फ्याँकिदेऊ ।

उनको यो सबै कृयाकलाप भगवान बुद्धका शिष्यहरूले पनि हेरिरहेका थिए । राजाको स्थिति देखेर सबै हाँस्न थाले । तब राजालाई बोध भयो 'म' आफैं-आफलाई भेट चढाउँछु, यो शब्द भन्नुमा कति ठूलो अहंकार छ। 'म' आफै-आफलाई समर्पित गर्छु, यसो भन्दैमा समर्पण हुन सक्दैन, किनभने 'म' त हटेको छैन, त्यो समर्पण कहाँ भयो?

यो बोध हुनसाथै राजा स्वयं भगवान बुद्धको चरणमा परे, तब भगवान बुद्धले उसलाई भने-'बुद्धं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि' अनि राजालाई आफ्नो संघमा सामेल  गरे । एक दिन त्यहि राजाले बौद्ध भिक्षुक बनेर सत्यको मार्गको ज्ञान प्राप्त गरे।

सच्चा ब्राह्मण
सिख गुरु अमरदासजीले ठाउँ-ठाउँमा लंगरको (सार्वजनिक भोजनालय) व्यवस्था गराए जहाँ कुनै भेदभाव बिना सबै मानिसहरू एक लाईनमा बसेर एक समान खाना खान्थे । जातिको अभिमानमा अन्धा बनेका कति मानिसहरुले उनको यस पुनीत कार्यको विरोध गरे अनि भने 'गुरु अमरदासजीले सानो-ठूलो सबै जातिको मानिसहरूलाई एक साथ खाना खुवाएर हाम्रो धर्म नष्ट गरिरहेका छन् ।'

एकजना ब्राह्मण गुरु अमरदासजीसंग भेट गर्न आए, उनले पनि लंगरमा एक साथ बसेर खाना खानुको विरोध गरे। गुरु अमरदासजीले उसलाई सोधे, 'के तपाई ब्राह्मण,'उनले उत्तर दिए, 'हो म ब्राह्मण हुँ।' तब गरु अमरदासजीले  शास्त्रको एक श्लोक पढेर भने, ब्राह्मण उसलाई भनिन्छ  जसले ब्रह्मलाई जानेको हुन्छ । यदि तपाईं ब्राह्माण भएको भए  के सबैमा तपाईले भगवानलाई देख्न हुने थिएन । ब्रह्म सर्वव्यापी छ भने गरीबहरूमा कसरी छैन?'

गुरु अमरदासको मुखबाट शास्त्र-वचन सुन्न साथै ती ब्राह्मणको अहंकार दूर भयो। त्यहि समय लंगरमा बसेर सबैको साथ खाना खाए। पछि ती नै  ब्राह्मणले आफ्नो सारा जीवन गुरुको सेवामा समर्पित गरेर महान सेवक बने।

भन्नुको तात्पर्य मनुष्यको जीवनमा सबैभन्दा ठूलो बाधक अहंकार हो । जसले उसलाई परमात्माको नजिक जानमा बाधा उत्पन्न गर्छ ।  यसकारण हर व्यक्तिले समयको तत्त्वदर्शीको सान्निध्यमा आफैं- आफुलाई समर्पित गर्नुपर्छ, तब उसले आफ्नो जीवनको  लक्ष्यलाई प्राप्त गर्न सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ