arrow

हनिमुन मनाउन जाँदा दुर्घटनामा परे दिनेश डिसी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
426472386.jpeg
काठमाडौं । वैवाहिक जीवनको २५ औं वर्षको अवसर पारेर पत्नी रानु डीसीसहित हनिमुन मनाउन अमेरिका पुगेका निर्देशक दिनेश डिसी गम्भीर सडक दुर्घटनामा परी घाइते भएका छन् ।  उनी चढेको कारलाई विपरित दिशावाट आएको कारले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी दिनेशको छातीमा चोट लागेको छ भने श्रीमतीको अनुहारमा चोटसँगै हातको औला भाँचिएको छ । चिकित्सकका अनुसार रानुको अनुहारमा १२ टाँका लगाईएको छ । अमेरिकाकै ब्राकेनरिज अस्पतालमा उपचार गराएर डीसी दम्पती डिस्चार्ज भइईसकेका छन् । डिसी श्रीमतिसहित असोज २६ गते अमेरिका उडेका थिए । उनी शनिबार बिहान एटलान्ट उड्नका लागि अस्टिन विमानस्थलमा जाने क्रममा दुर्घटनामा परेका हुन् । 

आफ्नो पछिल्लो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को रिलिज र प्रचारका लागि दिनेश अमेरिकामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ