arrow

सकिँदै संघीय संसदको चौथो तथा बजेट अधिवेशन, प्रधानमन्त्री ओलीले संवोधन गर्दै 

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
pm-olis.JPG

काठमाडौं । संघीय संसदको चौथो तथा बजेट अधिवेशन बिहीबार सकिँदैछ । संसदका दुवै अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ । 

ओलीले दिउँसो २ः३० बजे संवोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । हुनत प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्‌मा सम्बोधन गर्ने व्यवस्था राखिएको छ । 

तर ओलीको स्वास्थ्य राम्रो नभएका कारणले यसले निरन्तरता पाउन सकेको छैन । यसअघि सभामुख कृष्णबहादुर महराले पनि यसबारेमा जानकारी गराएका थिए । 

यसअघि प्रधानमन्त्री ओलीले गत भदौ १ गते संसद‌्‌मा सम्बोधन गरेका थिए । साउन २७ गते सिंगापुरमा उपचार गरी फर्केपछि उनले संसदबाटै आफ्नाबारे जानकारी गराएका थिए । 

त्यो दिन भने उनको स्वास्थ्यले खासै साथ दिइरहेको थिएन । तर प्रतिपक्षीका साथै पूर्वराजावादीहरुलाई गाली गर्न भने उनले छाडेका थिएनन् । 

उनको बिहीबारको संवोधन पछिल्लो समसामयिक विषयमै केन्द्रीत भए पनि प्रश्नोत्तर भने हुने छैन । 

गत भदौ २० गते प्लाज्मा फेरेसिस उपचार गरी सिंगापुरबाट फर्केपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा खासै बाहिर निस्केका छैनन् ।

उनी पहिलो पटक बुधबार दुई वटा कार्यक्रममा गएका थिए । चिकित्सकले पनि भीडभाडमा नजान भनिरहेका छन् । 

ओलीको स्वास्थ्यलाई ख्याल राखेर नेपाली काँग्रेसका सांसद गगन थापाले संसदमै उनलाई आराम दिनुपर्ने बताएका थिए ‘बा’ सम्वोधन गरेर । 

तर यसको सत्तारुढ नेकपाका सांसदहरुले चर्को विरोध गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ