arrow

यसकारण घटे तीन अर्ब चरा

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
new-bird.jpg.jpeg

काठमाडौं । उत्तर अमेरिकामा ५० वर्षमा तीन अर्ब चरा घटेका छन् । अमेरिका र क्यानडामा ५० वर्षमा १०.१ अरब चरा थिए । यो संख्या घटेर ७.२ अर्ब भएको कोरोनेल युनिभर्सिटीको एक अध्ययनले उक्त निचोड निकालेको हो । 

साइस जर्नलमा प्रकाशित शोधका अनुसार यदि यसतर्फ ध्यान नदिने हो भने ठूलो क्षति हुने छ । 

शोधकर्ताहरुले मौसमको राडारको प्रयोगले चराहरुको संख्याको आँकडा निकालेका हुन् । यसले चराको बारेमा जानकारी दिन्छ । सन् १९७० बाट अहिलेसम्म १३ सर्वेमा उत्तरी अमेरिकाका ५२९ का पक्षी पजातिको ट्रेन्डलाई सम्झाउन कम्प्युटर मोडलको पनि मद्धत लिइएको थियो । 

शोधकर्ताका अनुसार गायब भएका पक्षीमा तीन चौथाइ प्रजातिमाथि असर परेको छ । एन्फेफिलाइटिस रोग फैलाउने किरा खाएकैले ती चराहरु मरेको दावी गरिएको छ । 

बाँचेका चराहरुमा ब्लुबर्डको संख्या भने बढेको रिपोर्टको दावी छ । घटेका चराहरुको मुख्य कारण उनीहरुको वासस्थान हटाइएकाले भएको दावी पनि रिपोर्टको छ । 

सन् २०१५ को एक रिसर्चका अनुसार अमेरिका र क्यानडाका चराहरु मर्ने मुख्य कारण बिरालाहरु हुन् । त्यहाँका बिरालाले हरेक वर्ष २.२ करोड चरा मारेर खान्छ । त्यस्तै ६२.४ करोड चरा झ्यालमा र २.१४ करोड चराहरु कारसंग ठक्कर खाएर मर्ने गर्छन् । (एजेन्सीको सहयोगमा)  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ