arrow

वीरमा गैरकानुनी रुपमा कम्युनिष्ट कार्यकर्ताको हुल नै भर्ती गरिंदै

विज्ञापन बिना हुँदैछन् २५ स्टाफ नर्स भर्ना 

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
bir-hospital.jpg.jpeg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले गैरकानुनी रुपमा स्टार्फ नर्सहरु राख्दैछ । बिहीबार (असोज ९ गते) २५ स्टाफ नर्स राख्ने तयारीमा अस्पतालका निर्देशक डा. केदार सेन्चुरी लागेका छन् । 

निर्देशक सेन्चुरीले पदपूर्ति समितिलाई समेत छलेर विज्ञापन समेत ननिकाली २५ स्टाफ नर्स भर्तिको तयारी गरेका हुन् । 

बिहीबार स्टाफ नर्सहरुलाई खुसुखुसु नियुक्ति दिन लागिएको अस्पताल स्रोतले जनाएको छ । न्याम्सको सेवा आयोगबाट विज्ञापन खुलाएर मात्र कर्मचारी भर्ना गर्ने कानुनी ब्यवस्था रहेकामा त्यसलाई बाइपास गरेर आफूखुशी सेन्चुरीले भर्ना गर्न लागेको आरोप लगाइएको छ । 

करारमा कर्मचारी राख्दा पनि सेवा आयोगबाट विज्ञापन निकालेर मात्र राख्ने गरिएको छ । तर निर्देशक सेन्चुरीले सेवा आयोगसमेत छलेर कर्मचारी भर्ना गर्न लागेका छन् । 

स्टाफ नर्सको भर्नामा आर्थिक अनियमितता समेत भएको समाचार स्रोतले बताएको छ । एक नर्स बराबर ३ लाखदेखि ४ लाख रुपैयाँसम्म घुस लिएर नियुक्त गर्न लागिएको स्रोतको दावी छ । 

विना विज्ञापन सरकारी अस्पतालमा कर्मचारी भर्ना गरिएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै हाल्ने तयारीमा न्याम्सका कर्मचारी रहेका छन् ।   

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुका आफ्ना कार्यकर्ता राख्नका लागि सेन्चुरीले ठूलो मद्धत गरिरहेको दावी अस्पतालका कर्मचारीहरुको आरोप छ । 

के भन्छन् त डा सेन्चुरी ? 
डा सेन्चुरीले भने आफूहरुको आवश्यकता भएकाले स्टाफ नर्स भर्ना गर्न लागिएको जनाएका छन् । उनले स्वास्थ्य मन्त्रालयले नर्स भर्नाका लागि ढिलाइ गरिरहेकाले अस्पतालले नै भर्ना गर्न लागेको बताए । 

विज्ञापन बिना नै भर्ना गर्न मिल्छ र ? भन्ने प्रश्नमा निर्देशक सेन्चुरीले पत्रिकामा विज्ञापन ननिकाले पनि अस्पतालमा सूचना जारी गरिएको बताएका छन् । 

उनले भने, ‘हामीलाई आइसीयु वार्ड चलाउनै गाह्रो भयो त्यसैले हामीले यो सामान्य सूचना जारी गरेर नै निकालेका हौं । थाहा त भैहाल्छ नि । विभिन्न संचार गरिरहेका हुन्छन् नि ।’

नेताहरुको जोडबलमा कार्यकर्ता भर्ना गर्न लाग्नु भएको भन्ने प्रतिक्रिया आइरहेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘हैन कार्यकर्ता भर्ना हैन प्रक्रिया पुर्याएरै गर्छौं । नेताहरुको सिफारिसमा हुन्छ भन्ने त्यस्तो छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ