arrow

स्मार्ट सिटी भित्र कुहिरोको काग

logo
सीता गौंडेल गैह्रे,
प्रकाशित २०७६ असोज १० शुक्रबार
sita_gahire.jpg

विभिन्न काल खण्डमा विभिन्न राजनैतिक परिवर्तन गर्दे हाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको नेपालमा अहिले विकासको प्रमुख मुद्दा यहाँका गाउँ वा सहरलाई स्मार्ट बनाउने भएको छ । पछिल्लो स्थानीयतहको निर्वाचनको बेलामा सहभागी भएका सबै राजनैतीकदलको प्रमुख नारा आफ्नो ठाउँलाई स्मार्ट बनाउने नै थियो ।

सहरमा हुने हरेक क्रियाकलापमा सूचना प्रविधिको अधिकतम प्रयोग गरेर जनजीविकालाई सहज बनाउने स्मार्ट सिटीको अबधारणा हो । स्मार्ट सिटी भन्नाले दिगो रुपमा आर्थिक कृयाकलाप, रोजगारीको मौका, वास तथा बन्दोवस्ती, शिक्षा, सीप, आय आदि कुराको प्रत्याभूति सँग जोडिन्छ । स्मार्ट सिटी कुनै गन्तव्य नभएर सहरी जीवनलाई निरन्तर गुणस्तरीय बनाउदै लैजाने यात्रा हो । एक दुई वटा पक्ष मात्र स्मार्ट भएर सहर स्मार्ट हुँदैन । सहरलाई प्राण भर्ने काम त्यहाँका नागरिक र उनीहरुले गर्ने क्रियाकलापले गर्छ । एउटा सहर स्मार्ट हुनका लागि त्यो सहर भित्रका सबै भौतिक पूर्वाधारहरु स्मार्ट हुनु जति जरुरी छ त्यतिनै जरुरी त्यहाँका नागरिकहरु पनिउत्तिकै स्मार्ट हुन जरुरी छ । उनीहरुले आँफू स्मार्ट सहरमा छौं भन्ने अनुभुति पनि गर्नु पर्दछ । भौतिक सुविधाको साथमा नागरिकले आफ्नो म्युनिसिपल काउन्सिलसँग सहभागी भएर कामगर्न सक्नुपर्दछ । अब नेपालको सन्दर्भमा हामी नागिरकहरु कति स्मार्ट छौं र हुनखोज्दै छौं भनेर आत्ममुल्यांकन गर्न जरुरी छ ।

सूचना प्रविधिको क्षेत्रमा महिला र पुरुषको असामान्य सन्तुलन नेपालमा मात्रै नभएर संसारभर नै देखिन्छ । स्मार्ट सहरमा महिलाहरुलाई कसरी स्मार्ट बनाउने र राज्यको हरेक तह र तप्कामा संविधानले निर्दिष्ट गरे बमोजिम स्मार्ट महिला पठाउने भन्ने विषयनिकै गहन छ । त्यसैले नेपालको सन्दर्भमा आधाभन्दा बढी जनसंख्या ओगटेको महिलाहरुलाई सूचना प्रविधिको पहुँच सम्म ल्याउन राज्यले छुट्टै खालको नीति निर्माण गर्न पर्ने देखिन्छ र मात्रै स्मार्ट सहरका स्मार्ट नागरिकको परिचय सान्दर्भिक हुनेछ । भन्दा सानो लाग्ने तर जीवनमाठूलै प्रभावपार्ने महिलाहरुका समस्या ठाउँको ठाउँमै विद्यमान छन । जस्तै खानेपानी, बत्ति, सर्वसुलव घरहरु, शिक्षा, स्वास्थ्य, आईटीकनेक्टिभिटी जस्ता कुराहरुबाट महिला कति साक्षात्कर छन त भन्ने कुरा सुक्ष्म विश्लेषण नगरिकन स्मार्ट सिटीको धारणा विकसित गर्न चुनौतिपूर्ण हुनेछ ।

 यी समस्याहरुलाई सम्बोधन गर्न स्मार्ट सिटीको अवधारणा बोकेको स्थानीय सरकारले पहल गर्नुपर्ने देखिन्छ । जस्ले गर्दा महिलाहरु दिगो रुपबाट नै परिवर्तित भएर आँफुलाई स्मार्ट महिला परिभाषित गर्न सकुन र राज्यको हरेक तहको सेवा सुविधामा आफ्नो पहुँच पु¥याउन सकुन । महिलाहरुको राजनैतिक पहुँच नहुँदा राज्यका सूचनाबाट बेखवर त हुन्छन नै साथै आफ्ना अनेक समस्याले गर्दा त्यो निकाय सम्म जान पनि चाहँदैनन । राज्यका ती निकाय सम्मपुग्न सक्ने र राज्यको हरेक कृयाकलाप सम्बोधित हुनसक्ने महिला उत्पादनगर्न राज्यले विभिन्न सरोकारवाला संघ सँस्थासँग समन्वय गरेर कामगर्दा राम्रो हुनेछ ।

प्रविधिमा आएको विकासले मानव जीवन शैलीमाठूलो परिवर्तन ल्यायो । आज स्मार्ट सिटीको स्मार्ट महिलाहुन के गर्नु पर्छ त भन्ने धरातलीय आधारबाट हेर्दा बिजुली, बत्ती, स्वास्थ्य, शिक्षा, रोजगार, बजार आदि कति हाम्रा सर्वसुलभ र प्रविधि जडित छन् त ? यी वस्तु र सेवाहरु सर्वसुलभ हुँदैमा के हामी स्मार्ट बन्यौ त ? आम नेपालीमा त्यो आभाष भइसकेको छैन त्यसैले के हो त स्मार्टनेस ? यति धेरै कुरा हुँदाहुँदै स्मार्टनेस को अनुभुति गर्न नसक्नु नेपालीको आफ्नो कमजोरी हो वा राज्यले सम्बोधन गर्न नसकेको ?

चाहना छ स्मार्ट सिटीको स्मार्ट नागरिक बन्ने तर शुरु कहाँबाट गर्ने त ? कुहिरोको कागजस्तै कतै हामी नेपालीहरु पनि नबुझिएको वा महसुस नगरिएको स्मार्ट सिटीमा अलमलिने त होइन ? नेपाली महिला र हुर्कदै गरेका युवतीहरु नेपालका सहरमा कति सुरक्षित छन ? यो प्रश्नको जवाफले पनि स्मार्ट सिटीको स्तर मापन गर्दछन । यो स्तरलाई मापन गर्न हामी नागरिकको सकारात्मक सोंचको आवस्यकता पर्दछ । त्यसैले स्मार्ट सिटीको स्मार्ट नागरिक बन्न पहिलो अनिवार्य सर्त नागरिकमा आउने सकारात्मक सोंचनै हो र यसको शुरु हामीबाट गर्न अब धेरै ढिला भइसकेको छ ।

(लेखक :  शिक्षक संघ स्याङ्जाका उपाध्यक्ष हुन्)



नयाँ