arrow

रक्सी भट्टीको ट्याङ्कीमा निसासिएर एकै परिवारको पाँच जनाको मृत्यु (अपडेट)

logo
मुकेश यादव,
प्रकाशित २०७६ असोज १६ बिहिबार
dead2.jpg

बारा । बाराको फेटा गाँउपालिका वाड नम्बर ४ मा बुधबार राति आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा एक बालिकासहित ५ जनाको शव फेला परेको घटनामा निसासिएर मृत्यु भएको खुलेको छ । मदिरा उत्पादन गर्नका लागि तयारी गर्ने कच्चा पदार्थको पागबाट उत्पादन भएको कार्बनडाईअक्साईडको कारण निसासिएर पांचै जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बाराको फेटा गाउँपालिका ४ बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा भन्ने जोगिन्द्र मुखिया बिन, उहाँकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र भारतको पुर्वी चम्पारण मोतिहारी जिल्ला बैकुण्ठधाम बउकठवा निवासी ५५ वर्षिय बाबा भन्ने कुलचन्द्र माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 मदिराको तयारी कच्चापदार्थ राख्ने भुमिगत ट्याङ्की बनाईएको सानो झ्याल भएको कोठामा तयारी अवस्थामा हुन लागेको मदिराको पागलाई सम्याउन जांदा अक्सिजनको कमीले एकले अर्कोलाई बचाउन जांदा पांचै जनाको निसासिएर मृत्यु भएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

स्थानीयहरूले दिएको जानकारी अनुसार टयांकीलाई हिटरले सुकाउने क्रममा करेन्ट लागेर नभई निसासिएर मृत्यु भएको छ । मदिरा उत्पादनको लागि बनाईएको दुई वटा टयांकी मध्ये एउटा टंयाकीमा कच्चा पदार्थ र अर्को ट्याङ्कीमा मृत्यु भएको अवस्थामा पांचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताए ।

शव निकाल्नको लागि प्रहरीले ट्याङ्की रहेको कोठालाई तोडेर शव झिकिएको र शवको कलैया अस्पतालको पोष्टमार्टमपछि दाहसंस्कार गर्न परिवारको जिम्मा लगाईएको प्रहरी उपरीक्षक खनालले बताएका छन । स्थानीय बासिन्दाहरुको अनुसार घटना बुधबार सांझ ७ बजे भएको अनुमान गरिएपनि मृतक मुखियाका करिब ७-८ वर्षिय छोरा राहुल मुखिया रुन थालेपछि ८ बजे राति थाहा पाएको स्थानीय गांउलेहरुले स्थलगत समाचार संकलनको क्रममा जानकारी दिएका छन ।

स्थानीयका अनुसार मृतक मुखिया छोरा राहुलले गांउबाट खेलेर घरमा पुग्दा आमा, बुवालाई केही भएको भन्ने बारे रुंदै जानकारी गराएपछि आफुहरुले घटनाको बारेमा प्रहरीलाई खबर गरेको जानकारी दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ