arrow

आयो पूर्वराजाको दशैं तालिका 

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बडादशैंको तालिका आएको छ । पूर्वराजाले बडादशैंको उपलक्ष्यमा महाअष्टमीका दिन आइतबार अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ । 

उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको उनको संवाद सचिवालयले जनाएको छ । 

त्यस्तै पूर्वराजाले विजया दशमीको दिन इच्छुकवर्गलाई टीकासमेत लगाइदिने भएका छन् । मंगलबार अपरान्ह ४ बजेपछि उनले दशैंको टीका लगाइदिने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ