arrow

भ्रष्टाचारले गरिबी बढ्यो, प्रदर्शनका क्रममा कम्तीमा ६० जनाको मृत्यु

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
iraq-voilence.jpg

काठमाडौं । सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या कम्तीमा ६० पुगेको छ ।

विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने बीबीसीले जनाएको छ । 

आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण गरेकाले मृतकको संख्या बढेको अधिकारीहरुले दावी गरेका छन् ।

प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको बताए पनि आन्दोलन जारी छ भने उनले आन्दोलनकारीमाथि आक्रामक शैलीको प्रयोग गर्न पनि रोकेका छैनन् । 

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा गरिबी बढेको भन्दै केही दिनदेखि सरकार बिरोधी प्रदर्शनहरु बढ्न थालेका हुन् ।

विगत पाँच दिनदेखिको आन्दोलनका कारण सयौं घाइते भएका छन् । गत मंगलबारदेखि वेरोजगार युवाहरुको संख्या भ्रष्टाचारका कारणले नै बढेको भन्दै युवाहरुनै भविष्य खोज्दै सडक आन्दोलनको बाटो अपनाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ