- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतविरुद्ध भारतको विसाखापट्नममा भइरहेको पहिलो टेष्ट क्रिकेट जितका लागि दक्षिण अफ्रिकाले ३९५ रनको विजयी लक्ष्य पछ्याइरहेको छ ।
शनिबार चौथो दिनको अन्त्यसम्म दक्षिण अफ्रिकाले १ विकेटको नोक्सानीमा ११ रन बनाएको छ । ९ ओभरमा उक्त योगफल बनाएको दक्षिण अफ्रिकाले बराबरी गर्ने रणनीति बनाएको छ ।
के भारतले अन्तिम दिन ९ विकेट हात पार्न सफल होला ? पहिलो इनिङमा रविचन्द्रन आश्विन एक्लैले ७ विकेट लिएका थिए । दोस्रो इनिङमा पनि उनले सफलता हात पार्न के बेर ।
पहिलो इनिङमा २ विकेट लिएका रविन्द्र जडेजाले दोस्रो इनिङमा पहिलो विकेट लिएका छन् ।
यो खेलका दुवै इनिङमा रोहित शर्माले शतक बनाएका थिए । उनी एकै खेलका दुवै इनिङमा शतक बनाउने भारतकै छैटौं खेलाडी हुन् ।
भारतको पहिलो इनिङ
५०२–७ घोषणा (मायंक अग्रवाल–२१५, रोहित शर्मा – १७६ रन)
दोस्रो इनिङ–
४२३– ४ घोषणा (रोहित शर्मा १२७, चेतेश्वर पुजारा ८१ रन)
दक्षिण अफ्रिका पहिलो इनिङ ४३१ रन ( डिन एल्गार १६०, क्विन्टन डे कक १११ रन)