arrow

राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्री ओली लगायतलाई टीका प्रदान

logo
प्रकाशित २०७६ असोज २१ मंगलबार
president-primeminister-vidya-oli-tika.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छिन् ।      
     
राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।      
राष्ट्रियगान गानपछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो ।     
     
राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी थिइन् । त्यस्तै देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिइन् । 

आफन्तलाई टीका लगाइदिएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, नेकपाका नेताहरु लगायतलाई टीका लगाइदिएकी छिन् । 

गत बर्ष टीका ग्रहण गर्ने केहीले निकै कष्ट खेपे पनि यसपटक भने कुर्सीको व्यवस्था गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ