arrow

असिनाको बितण्डा 

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
dhan-asina.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारामा मंगलवार दिउँसो परेको असिनाले पाकेको धान झारेपछि किसान चिन्तित भएका छन् ।

असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका –२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैँका दिन मङ्गलबार दिउँसो २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो । 

असिनाका कारण स्थानीयवासी भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ