arrow

नेपालले ओमनको सामना गर्दै

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
nepali-cricket1.jpg

काठमाडौं। ओमनमा जारी पाँच देशीय टी२० सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा आज सवाँ ३ बजे सुरु हुने उक्त खेलमा विजय हासिल गर्ने उद्देश्यका साथ नेपालली टोली मैदानमा उत्रने छ।

नेपालले यसअघिका आफ्नो तीन खेलमा दुईमा जीत तथा एकमा हार व्योहोरेको नेपाल छ । नेपालले   हङकङलाई र नेदरल्याण्डलाई  समान चार विकेटले नै पराजित गरेको थियो । त्यस्तै नेपाल आयरल्याण्डसँग १३ रनको अन्तरले पराजित भएको थियो ।

तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जीत हात पार्दै सिरिज उपाधि कब्जा गर्न दाउमा छ । यसअघि तीन खेल खेलेको ओमनले तीनै खेलमा जीत हासिल गरेको छ । ओमनले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । 

प्रतियोगितामा ६ अङ्क जोडेको ओमन अङ्क तालिकाको शीर्ष स्थानमा छ भने चार अङ्क जोडेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन खेल जितेर ६ अङ्क नै जोडेकोको आयरल्याण्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्याण्ड्स चौथो तथा हङकङ पाँचौँ स्थानमा छ । नेदरल्याण्ड् र हङकङ अङ्कविहीन छन् । 

उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्याण्ड्स भिड्दैछन् । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन् । 
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ