arrow

युवती जिस्क्याएको आरोपमा खुर्पा प्रहार, पाँच घाइते

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
khurpa.jpeg

भोजपुर । भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो ।     
     
 घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ