arrow

पेट्रोल हाली पसलमा आगजनी

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
fire-final.jpeg

सर्लाही । सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविको सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ ।     
     
आगलागीबाट पसलभित्र रहेका फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । विद्युत् चुहावट भई बिहान ५ः४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।     
     
पीडित मिकरानीले आफ्नो पसलमा विद्युत चुहावट नभई अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गरेका छन् । 

नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ